नेपाली

How to respond to an 'Apparent failure to vote' notice

Video transcript

नमस्कार मेरो नाम Binita हो।म एक लोकतन्त्र दूत हुँ।.

म भिक्टोरियाको निर्वाचन आयोगमा कार्यरत छु।.

नोभेम्बरमा, भिक्टोरिया राज्यको चुनाव भएको थियो र मतदाता नामावलीमा रहेका सबै अष्ट्रेलियाका नागरिकहरूले मतदान गर्नुपर्ने थियो।.

यदि VEC सँग तपाईंको मतदानको रेकर्ड छैन भने, तपाईंले किन मतदान गर्नुभएन भनेर सोधिएको पत्र पाउन सक्नुहुन्छ।.

यो जरिवाना होईन।.

खामभित्र तपाईंले निम्न कागजहरू पाउनु हुनेछ:

एउटा फारम .
बहु-भाषिक निर्देशनहरू .
र हुलाक शुल्क तिरिसकेको एक खाम।.

उक्त फारममा तपाईंले मतदान गर्नु भयो कि भएन सोधिनेछ।.

यदि तपाईंले मतदान गर्नुभएको थियो भने, कृपया हामीलाई भन्नुहोस् कि तपाईंले कहिले र कहाँ मतदान गर्नुभयो।.

यदि तपाईंले मतदान गर्नुभएको थिएन भने तपाईंले मतदान नगर्नुको कारण उल्लेख गर्नुहोस्।.

यो पत्र प्राप्त भएको मितिदेखि 28 दिन भित्र तपाईंले मतदान गर्नु भएको थियो वा थिएन भनेर हामीलाई बताउनु पर्नेछ।.

यस फारमलाई उपलब्ध ‘हुलाक शुल्क तिरिसकेको’ खाममा राख्नुहोस् र हामीलाई तुरन्तै फिर्ता पठाउनुहोस्।.

कृपया यो पत्रलाई बेवास्ता नगर्नुहोस्। यदि तपाईंले जवाफ दिनुभएन भने, तपाईंलाई जरिवाना लाग्न सक्छ।.

यदि तपाईंलाई फारम भर्न मद्दत चाहिन्छ भने, कृपया दोभाषे सेवा नम्बर  [फोन नम्बर] मा फोन गर्नुहोस् वा हाम्रो वेबसाइट vec.vic.gov.au मा जानुहोस् र दोभाषे चिन्हमा थिच्नुहोस्।.